Tuesday, August 2, 2016

सेयर बजार निरन्तर ओरालो

काठमाडौँ, १८ साउन । धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक १८.९४ अङ्कले घटेर एक हजार ८२६ अङ्कमा झरेको छ । उत्पादन समूहबाहेक अरु सबै समूहको सेयर मूल्यमा कमी आएको छ । सो समूहको सेयर १.३ प्रतिशतले बढेको छ । तर अन्य समूहका सबै सेयर कारोबार घट्दा बजारसमेत प्रभावित भएको छ ।

बैंकिङ समूह १.०५, होटल १.६४, विकास बैंक १.२५, जलविद्युत् १.२५, फाइनान्स ०.४४, बिमा १.६२ र अन्य समूह ०.१ प्रतिशतले कमी आएको छ । कुल १३९ कम्पनीको रु एक अर्ब ४२ करोड ३२ लाख नौ हजार ३२० बराबरको सेयर कारोबार भएको स्टकले जनाएको छ । विभिन्न कम्पनीका ३२ लाख ९८ हजार कित्ता सेयर मात्रै कारोबार भएको छ । आइतबार, सोमबार निरन्तर घटेको नेप्से परिसूचक आज थप घटेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts