ललितपुर, १९ साउन । नेपाल टेलिकमले बुधवारदेखि प्युटार गाविसको नेपाल डाँडामा जिएसएमको टावर सञ्चालनमा ल्याएको छ ।
लगनखेलदेखि ४० किलोमटिरको दुरीमा पर्ने ग्रामीण क्षेत्रमा राखिएको टावरले सेवाग्राहीलाई थप सुविधा पुग्ने जनाइएको छ । जिल्लाको दक्षिणी भेगमा पर्ने प्युटार, आस्राङ, गिम्दी, ठूलादुर्लुङ, माल्टा, मकवानपुरको इपा गाविसलगायत १२ गाविसका बासिन्दा यसबाट प्रत्यक्ष लाभान्वित हुने स्थानीय प्रकाश लामाले बताउनुभयो ।
ग्रामीण भेगमा बसोवास गर्ने स्थानीयले प्रयोग गर्दै आएका मोबाइल राम्रो सुविधाका साथ चलाउन पाउने अर्का बासिन्दा बीरबहादुर लोप्चनले बताउनुभयो । रासस
No comments:
Post a Comment