बैतडी, १९ साउन । पाँच दिनदेखि बेपत्ता रहेकी एक महिला आज मृत अवस्थामा भेटिएका छन् भने तीन घोराछोरी बेपत्ता छन् ।
पाँच दिन अघि श्रमिानसँग झगडा गरेर घरबाट हिडेकी बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा आज स्थानीय सङ्घार खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बेपत्ता छोराछोरीको नाम खुल्न सकेको छैन । तीन बालबालिकामध्ये दुई छोरा र एक छोरी रहेको बताइएको छ । छोराछोरी आमासँगै घरबाट निस्किएको बताइएको छ । घटनास्थल सदरमुकाम चैनपुरबाट एक दिनको पैदल दुरीमा पर्छ । रासस
No comments:
Post a Comment