Wednesday, August 10, 2016

मस्यौदामाथि छलफल

नेपालगन्ज, २६ साउन । मस्यौदाका रुपमा तयार गरिएको ‘खाद्य प्याकेजिङ तथा लेबलिङ नियमावली—२०७३’ माथि आज यहाँ छलफल गरिएको छ ।

कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आयोजित छलफल कार्यक्रमका सहभागी सरोकारवाला निकायका प्रतिनिधिले नियमावली हतारमा पारित गर्न नहुने सुझाव दिँदै उपभोक्ताको हितमा नियमावली केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पेस नेपालका परामर्शदाता गणेश दवाडी र मधुसुदन पौडेलले ‘खाद्य प्याकेजिङ तथा लेबलिङ ऐन’अन्तर्गत तयार गरिएको मस्यौदामाथि आएका सुझावका आधारमा संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्तुत गरिने बताउनुभयो ।

छलफल कार्यक्रममा विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले क्षेत्रीयस्तरको कार्यक्रमपछि राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरेपछि मात्र मस्यौदाले पूर्णता पाउने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts