Friday, August 12, 2016

लागुऔषधसहित तीन जना पक्राउ

तनहुँ, २८ साउन । जिल्ला प्रहरी कार्यालय तनहुँले आज दमौली बजारबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा गोरखा जिल्ला देउराली गाविस–४ निवासी २१ वर्षीय गणेश अधिकारी, सोही वडाका २३ वर्षीय जीवराज सेढार्इं र भक्तपुर नगरपालिका घर भई हाल व्यास नगरपालिका– ११ बस्दै आएका दिनेश शाही रहेका छन् ।

प्रहरीको विशेष टोली खटाएर सुराकीका आधारमा उनीहरुलाई व्यास नपा–२ बाट पक्राउ गरिएको जिप्रका तनहुँले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट डाइजापाम ४५ एम्फुल, फेनारगन ४५ एम्फुल र नुरफिन ४५ एम्फुल बरामद गरेको तनहुँका डिएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

लागुऔषध सेवन तथा बिक्री वितरण गर्ने उद्देश्यले उनीहरु ओसारपसार कार्यमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले पनि अन्य अनुसन्धानकै क्रममा रहेको बताइएको छ । पक्राउ परेका तीनैजनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts