जनकपुरधाम २८ साउन । जनकपुर र अयोध्याको पौराणिक सम्बन्धलाई जीवन्त तुल्याउने उद्देश्यले आजदेखि ‘रामायण सर्किट आर्ट’ विषयक कार्यशाला सुरू भयो ।
बिपी कोइराला नेपाल–भारत फाउन्डेसनद्वारा आयोजित सो कार्यशालामा नेपाल र भारतका कलाकारको सहभागिता रहेको छ ।
नेपाल ललित कला प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कार्यशालाको उद्घाटन गर्दै मिथिलाको संस्कृति, सभ्यता र कला विशिष्ट भएकाले यसको सम्बद्र्धनका लागि सबै क्षेत्रको अग्रसरताको खाँचो औँल्याउनुभयो ।
सांसद डा विजय सिंहले जनकपुर र अयोध्याको सम्बन्धअन्तर्गत रामायण दुवै देशको पहिचानको प्रतीक भएको प्रसङ्ग उल्लेख गर्नुभयो । प्राध्यापक डा भोगेन्द्र झाले जनकपुर र अयोध्याको सम्बन्ध प्राकृतिक सम्बन्ध भएको बताउनुभयो ।
प्राध्यापक डा सुरेन्द्र लाभ र हरेकृष्ण साहले मिथिला कलाको बजारीकरणका लागि सङ्गठित प्रयासको आवश्यकता छ भन्नुभयो । फाउन्डेसनका सचिव रुबी जसप्रीत शर्माले रामायणकालीन कलाको विस्तारले दुवै देशको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।
प्राज्ञ एससी सुमनले जनकपुरको पहिचान मिथिला कला भएको धारणा भएकाले सोही आधारमा जनकपुरको विकास गर्ने चिन्तनको आवश्यकतामा जोड दिनुभयो ।
साहित्यकार डा राजेन्द्र विमलले जनकपुर र अयोध्याको सम्बन्ध देवी देवताद्वारा स्थापित गरिएको बताउनुभयो । कार्यशाला भोलिसम्म चल्नेछ । रासस
–––––––
No related posts.
No comments:
Post a Comment