Tuesday, August 16, 2016

नेपाल–न्युजिल्यान्ड सोसाइटीमा श्रेष्ठ

काठमाडौँ, १ भदौ । न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीको सभाले नेपाल–न्युजिल्यान्ड सोसाइटीका अध्यक्षमा मनोहर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

नौ सदस्यीय कार्यसमितिका उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा विनोद भौकाजी, उपसचिवमा अर्चना श्रेष्ठ भुजु र कोषाध्यक्षमा इन्द्र पोख्रेल तथा सदस्यमा प्रभा उप्रेती, सुजन गुरुङ, कृतिका श्रेष्ठ गौली र लक्ष्मण श्रेष्ठ रहनुभएको छ ।

भेलामा अध्यक्ष श्रेष्ठले न्युजिल्यान्डमा रहेका नेपालीबीच भाइचाराको सम्बन्ध र सामूहिक हितका साथ नेपाल–न्युजिल्यान्ड सम्बन्धलाई अझ सुदृढ गर्न आफूले प्राथमिकता दिने बताउनुभयो ।

सचिव भौकाजीले न्युजिल्यान्डमा नेपाली संस्कृतिको संरक्षण तथा प्रचारप्रसारसँगै नेपाली र न्युजिल्यान्डवासी (किवी)बीचको सम्बन्ध सुदृढ गरी नेपाल भ्रमणका लागि किवीलाई उत्प्रेरित गरिने बताउनुभयो ।

सन् १९९८ मा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको संरक्षकत्वमा गठित सोसाइटीका हालका संरक्षकमा जुन हिलारी रहनुभएको छ । सोसाइटीले ‘गोरखा भूकम्प’का बेला नेपालमा मानवीय सहयोग पनि गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts