Tuesday, August 16, 2016

कञ्चनपुरमा डुबेर तीन जनाको मृत्यु

भीमदत्तनगर, १ भदौ । कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले मङ्गलबार चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ च गाउँका १५ वर्षीय सुनिल तामाङको मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार बेलौरी नगरपालिका–२ दिनापुरका ५५ वर्षीय जयलाल चौधरीको पनि स्थानीय नालीमा डुबेर मृत्यु भएको छ । स्थानीय शारदा इँटाभट्टाभित्र रहेका नालीमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बेलौरी नगरपालिका–६ मोतिपुरका ६० वर्षीय सुक्लाल डगौराको पनि खोलामा डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । मादक पदार्थ सेवन गरेका डगौरा खाल्डोमा लडेपछि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले तीनै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts