काठमाडौँ, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवार भएर नतिजामुखी काम गर्न आफ्नो कार्यालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री कार्यालयका कर्मचारीको आन्तरिक ‘ब्रिफिङ’का क्रममा आज सिंहदरबारमा प्रधानमन्त्री दाहालले आइतबारको निर्देशनको आधारमा काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ।
“आइतबार सचिवस्तरीय बैठकमा मैले सरकारको प्राथमिकता र योजनाबारे निर्देशित गरेको छु, त्यहीअनुसार परिणाम निकाल्ने गरी काम गर्नुहोला”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव रमेश मल्लले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालय मुलुकको प्रशासनिक अखडाको ठूलो केन्द्र भएको र प्रभावकारी काम गरेको खण्डमा सकारात्मक सन्देश जाने भन्दै सरकारका कार्य योजनालाई प्रभावकारी ढङ्गले अघि बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले प्रधानमन्त्री कार्यालयको योजना, प्रगति र आगामी चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस
No comments:
Post a Comment