काठमाडौँ, २४ साउन । नवनियुक्त महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले सरकारी वकिललाई व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पदभार ग्रहणपछि रासससँग कुरा गर्दै उहाँले सरकारको कानुनी सल्लाहकारका रुपमा आफूले संविधान र कानुनले दिएको जिम्मेवार गम्भीरतापूर्वक पूरा गर्ने विश्वास दिलाउनुभयो ।
बागलुङ बजारमा २०१७ साल जेठ १५ गते बुबा राजकुमार र आमा बुद्धिकुमारीको जेठो सन्तानका रुपमा जन्मनुभएका नवनियुक्त महान्यमहान्यायाधिवक्ता श्रेष्ठले धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयबाट एलएलसी उतीर्ण गर्नुभएको थियो ।
प्रवीणता प्रमाणपत्र तहमा विज्ञान विषय पढ्नुभएका श्रेष्ठले ल क्याम्पसबाट बिएल र त्रिवि कीर्तिपुरबाट बिएड गर्नुभएको छ । उहाँ दुई पटक ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत हुनुभएको थियो ।
विसं २०४४ देखि काठमाडौँबाट वकालत पेसा सुरु गर्नुभएका श्रेष्ठ २०४५ सालमा मध्यमाञ्चल क्षेत्रीय बारको कोषाध्यक्ष हुनभएको थियो । उहाँ २०४८ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको सदस्य बन्नुभयो ।
त्यस्तै, नवनियुक्त महान्यायाधिवक्ता श्रेष्ठ २०५१ सालमा नेपाल बार एसोसिएसनको सदस्यमा विजयी हुनुभयो । उहाँले २०६३ सालमा नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।
उहाँले विसं २०६३ सालमा युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समितिको सदस्य भएरसमेत गर्नुभएको थियो । उहाँ सर्वोच्च अदालत र नेपाल बार एसोसिएन समन्वय समितिको सदस्यसमेत हुनुहुन्छ । रासस
No related posts.
No comments:
Post a Comment