रसुवा, २३ साउन । भूकम्पका कारण क्षति भएको धुन्चेस्थित शिव मन्दिर नेपाली सेनाले पुनःनिर्माण सम्पन्न गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अनुसार स्थानीय भक्तजनको सहयोगबाट सामानको व्यवस्था भएको र अन्य सबै निर्माण कार्य भने नेपाली सेनाले गरेको हो ।
मन्दिर निर्माण भएपछि गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनलाई नित्य पूजा गर्न सहयोग पुग्ने बताइएको छ । नेपाली सेनाले २० दिनको अवधिमा मन्दिर पुनःनिर्माण सम्पन्न गरी वैदिक विधिपूर्वक आजै विशेष पूजा सम्पन्न गरेको बताइएको छ । रासस
––––––––
No comments:
Post a Comment