Tuesday, August 23, 2016

बाँध भत्केपछि विद्युत् उत्पादन घट्यो

पोखरा, ७ भदौ । बाढीका कारण पोखराको सेती नदीको बाँध भत्केपछि यहाँबाट भइरहेको विद्युत् उत्पादन घटेको छ ।

विगतमा एक हजार ५०० किलोवाट विद्युत् उत्पादन गर्दै आएको सेती फेवा जलविद्युत् आयोजनाले बाँध भत्केसँगै हाल ६०० किलोवाट मात्र विद्युत् उत्पादन गरिरहेको आयोजनाका इन्जिनियर जीवन कार्कीले जानकारी दिनुभयो । बाँध भत्केसँगै एक हजार किलोवाट विद्युत् उत्पादन भइरहेको ट्रक्स हाइड्रोपावरको उत्पादन पनि बन्द भएको छ ।

चीन सरकारको सहयोगमा निर्माण भई २०४१ सालदेखि जलविद्युत् आयोजना सञ्चालनमा आएको भए पनि जीर्ण बनेको बाँध लामो समयसम्म मर्मत नहुँदा भत्केको हो । बाँध भत्केका कारण पोखराको एक हजार ३०० हेक्टर फाँटमा लगाइएको धान खेतीमा पनि प्रत्यक्ष असर परेको छ । पोखराको मालेपाटन, फूलबारी, चाउथे, भद्रकाली, कुँडहरलगायतका स्थानको धानबाली पानीको अभावमा सुक्दै गएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts