Tuesday, August 23, 2016

उत्पीडितलाई अधिकार दिलाउन प्रमसँग आग्रह

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरका सामाजिक अगुवाले भेटगरी उत्पीडितको पहिचान र अधिकारको प्रत्याभूति दिलाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतीपूर्ण अवसर भएकाले पहिचान र अधिकारका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको उहाँका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “चुनौतीको सामना गर्ने सङ्कल्पसहित आएको छु । संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पुनःनिर्माण र बेथितिको अन्त्य गरेर देशमा प्रणाली स्थापित गर्न यहाँहरुको सहयोग चाहिन्छ ।”

भेटका अवसरमा ललितपुरको स्थानीय विकासलाई ध्यान दिन र सामाजिक पहिचानलाई जोगाई राख्ने विषयमा प्रधानमन्त्रीलाई आफूहरुले आग्रह गरेको सहभागी टोलीका पत्रकार सुनील महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो भेटमा ताम्राकार समाज, बौद्ध युवा समिति, नेपाल राष्ट्रिय युवा महासङ्घ, ललितपुर, कलाका तीनपाइलालगायतका संस्थाको सहभागीता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts