काठमाडौँ, २१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र आयुक्तले आज भेट गर्नुभएको छ ।
प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना तथा आयोगका सचिव शरदराज विष्ट भेटमा सहभागी हुनुभएको थियो । त्यसअवसरमा प्रमुख सूचना आयुक्त बाँस्कोटाले आयोगका कामकारबाही एवम् गतिविधिबारे अवगत गराउनुभयो । रासस
No comments:
Post a Comment