Friday, August 5, 2016

चट्याङ लागेर एकको मृत्यु, छ घाइते

हेटौँडा, २१ साउन । मकवानपुरको हाँडीखोला गाविस–४ र चरिखेतपलाँसे गाविस–९ मा आज अपराह्न परेको चट्याङ लागेर एकजनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।
चरिखेतपलासे–९ का रमेश गोलेको घरमा परेको चट्याङ लागेर उनकी चार वर्षीया भतिजी कुमारी गोलेको मृत्यु भएको र घरमा रहेका मायाँ मोक्तान, माइली मोक्तान, मैनाकुमारी गोले, हीरामायाँ मोक्तान र कान्छी गोले घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज अपराह्न हाँडीखोला गाविस–४ मा परेको चट्याङ लागेर स्थानीय अमृता मोक्तान गम्भीर घाइते भएकी छिन् । घाइतेको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts