पोखरा, १ भदौ । पोखरा उपमहानगरपालिकाको सिमलचौरस्थित चालिसे चोकमा आज अपराह्न ४ बजे एक युवकले युवतीको हत्यापछि विष सेवन गरी आत्महत्या गरेका छन् ।
स्याङजाको किचनास गाविस घर भई हाल पोखरा बस्दै आएका २२ वर्षीय सञ्जीवबहादुर नेपालीले स्याङ्जाकै २२ वर्षीया सनम रेग्मीलाई धारिलो हतियार प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
नेपालीले युवतीको हत्यापछि विष सेवन गरेको र उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतक दुवै युवक युवतीको सम्बन्धमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
No comments:
Post a Comment