Wednesday, August 17, 2016

‘स्थानीय, प्रदेश र सङ्घीय चुनाव सम्पन्न गर्न आयोग सक्षम’

तनहुँ, १ भदौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय, प्रदेश र सङ्घीय चुनाव गर्न आयोग सक्षम रहेको बताउनुभएको छ ।

जल्ला निर्वाचन कार्यालय तनहुँले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले तीनवटै निर्वाचन एकैपटक हुन नसक्ने चर्चा गर्दै आयोग अहिले निर्वाचनका लागि आवश्यक कानुनको मस्यौदा परिमार्जनमा जुटेको जानकारी दिनुभयो ।

स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन ऐन बनिसकेपछि कम्तीमा १२० दिन आवश्यक पर्नेसमेत डा यादवले बताउनुभयो ।

विसं २०७४ माघ ७ भित्र तीनवटै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सबै निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा प्रमुख आयुक्त डा यादवको जोड थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, नेकपा (माओवादी केन्द्र)का संयोजक हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पुष्पलाल श्रेष्ठ, दलित जनजाति पार्टीका अध्यक्ष चुडाराम परियार, अधिवक्ता गोविन्द पन्थलगायतले विभिन्न सुझाव तथा जिज्ञासा राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts