Friday, August 5, 2016

कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डः प्रम प्रचण्ड

काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कृषि क्षेत्रका विज्ञ एवं कर्मचारीको टोलीले भेटी बधाई ज्ञापन गरेको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी बधाई तथा शुभकामना ज्ञापन गरेको हो । सो अवसरमा बधाई ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, कृषि क्षेत्र देशको महत्वपूर्ण आर्थिक मेरुदण्ड हो । यस क्षेत्रको विकासका लागि यहाँहरुले दिएको सुझावका आधारमा काम हुनेछ ।
बधाईको अवसरमा नेपाल राष्टिय कर्मचारी संगठन सम्वद्ध विज्ञहरुले कृषि क्षेत्र र मन्त्रालयसँग सम्वद्ध समस्या र चुनौतिबारे अवगत गराउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts