अहिले चलचित्रको चितवन राष्ट्रिय निकुञ्ज भित्र तिन वटा एक्शनका दृष्यहरुको धमाधम छायांकन भै रहेको छ भने चलचित्रको एउटा गीतको छायांकन समेत चितवनमा नै गरिने छ ।
रियल स्टन्ड दिने साहसिक नायक निखिल उप्रेतीले यो पटक चलचित्र ‘निर्भय’मा खतरनाक उडेको दृष्य दिएका छन् । दुई हात्तीको पिठ्यूँमा बसेर उनले चलचित्रमा केहि फरक एक्शन दिनको लागि आफुले पुरै ज्यान लगाएर काम गरेका छन् ।निखिल उप्रेती भन्ने बितिकै दर्शकले केहि फरक एक्शन चाहेको भन्दै यस चलचित्रमा पनि उनले फरक एक्शन दिन खोजेको बताउनु भयो ।
एक्शन निर्देशक हिमाल केसीले पनि कसरि हुन्छ चलचित्र ‘निर्भय’मा फरक एक्शन दिन आफु लागि परेको बताउनु भयो ।केसी भन्नु हुन्छ मैले डिमाण्ड गरेको अनुसार निर्माण युनिटले सबैको कुरा पुरा गरिदिएकोले चलचित्रको एक्शनमा कुनै कामि नहुने जानकारी दिनु भयो ।
चलचित्रलाई चितवनकै युवा निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्नु भएको हो ।करिब ३५ दिनको सुटिंग सेडुल राखेर फलोरमा निस्केको यस चलचित्रको छायांकन सम्पन्न गर्न सक्मिमा ५० दिन लाग्ने निर्देशक मधुसुदन भट्टराईले बताउनु भयो ।चलचित्रको कथा बस्तु नै निकै ससक्त भएकोले छायांकनमा कुनै
कमि हुन नदिदा सुटिंग अबधि र चलचित्रको बजेट धेरै बढे पनि चलचित्र सोचे भन्दा राम्रो बनेकोले आफु निकै सन्तुस्ट रहेको भट्टराईले बताउनु भयो ।
प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई देवी प्रसाद पाण्डेले निर्माण गर्नु भएको हो चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना ,शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।
No comments:
Post a Comment