Monday, August 8, 2016

नेकाद्वारा दुःख व्यक्त

काठमाडौँ, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएकोप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

आज साँझ विज्ञप्ति जारी गरी नेकाले दुर्घटनामा परी निधन भएकाप्रति श्राञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

गोरखाबाट बिरामी लिएर आउँदै गरेको सो हेलिकप्टर आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा हेलिकप्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts