Thursday, August 11, 2016

पत्रकार केसीलाई पितृशोक

काठमाडौँ, २७ साउन । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव पोषण केसीका पिता गुरुप्रसाद खत्रीको ८४ वर्षका उमेरमा आज निधन भएको छ ।

केही समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका खत्रीको बाँकेको खासखुस्मा गाविस लौकीस्थित आफ्नै निवासमा निधन भएको हो । यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज वक्तव्य जारी गर्दै मृतक खत्रीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts