काठमाडौँ, २७ साउन । पूर्वअर्थसचिवहरुले राजनीतिभन्दा माथि उठेर मुलुक निर्माण लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई आज सुझाव दिँदै पूर्व अर्थसचिव हिमालयशम्शेर जबराले निजी र सरकारी क्षेत्रलाई अगाडि बढाउँदै अर्थतन्त्रलाई बढी गतिशील बनाउनुपर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा भेषबहादुर थापाले राजनीति आफ्नो ठाउँमा राखेर प्रशासनिक सुधार गर्न आग्रह गर्नुभयो । अर्का पूर्वअर्थसचिव भानुप्रसाद आचार्यले पुँजीगत खर्च बढाउनाका साथै चालु खर्चमा मितव्ययिता कम गर्न सुझाव दिनुभयो ।
त्यसैगरी पूर्वअर्थसचिव भोजराज घिमिरे र युवराज भुसालले मुलुकमा व्याप्त राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा अर्थमन्त्री महराले पूर्वअर्थमन्त्री, पूर्वअर्थसचिव र निजी क्षेत्रको समेत सुझावका आधारमा आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment