Saturday, August 20, 2016

ट्राफिक प्रहरी कार्यालयलाई ई– रिक्सा प्रदान

जनकपुरधाम, ४ भदौ । फेयर अटो प्रालि र रति इन्टरप्राइजेज जनकपुरले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई शुक्रबार एक थान ई– रिक्सा प्रदान गरेको छ ।

जापानको ‘टेरा मोटर्स’ कम्पनीद्वारा निर्मित सो ई– रिक्सा वातावरण मैत्री रहेको बताइएको छ ।

सो अवसरमा इन्टरप्राइजेजका सञ्चालक इन्जिनियर डा कृष्णचन्द्रप्रसाद साहले सवारी व्यवस्थापनमा देखिएको समस्यालाई ध्यान राख्दै रिक्सा उपलब्ध गराइएको बताउनुभयो । सो रिक्साको मूल्य रु तीनलाख पचास हजार पर्ने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानकुमार महतोले कार्यालयको जिम्मेवारी क्षेत्रमा बढ्दो सवारी चाँपका कारण सवारी तथा यातायातको व्यवस्थापन कार्यमा विद्यमान साधनले अपुग भइरहेकोमा प्रदान गरिएको साधनले सहायक सिद्ध हुने छ भन्नुभयो ।

हाल सो कार्यालयमा एउटा सवारी साधन मात्र रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts