Saturday, August 20, 2016

मन्त्री पठाउनका लागि सभापतिसँग छलफल भएको छैन : पौडेल

चितवन, ४ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।”

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँले स्पष्ट पार्नु भयो ।

मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उहाँले भन्नुभयो “म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु प¥यो नि ।”

फरक प्रसङ्गमा उहाँले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताउनुभयो । “हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौँ” पौडेलले भन्नुभयो ।

नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसका जिल्ला सभापतिको भोलिदेखि काठमाडौँमा हुने भेलाले स्थानीय निकायको पुनःसंरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तयार गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts