काठमाडौँ, २४ साउन । प्रेस चौतारी नेपालले पदाधिकारीको कार्यविभाजन गरेको छ ।
केन्द्रीय कार्यालय बागबजारमा आज बसेको सचिवालय बैठकले पदाधिकारीको कार्यविभाजन गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार वरिष्ठ उपाध्यक्ष माधव नेपाललाई सातवटै प्रदेशको अनुगमन र संयोजन, उपाध्यक्ष टीका विष्टलाई महिला विभाग र उपाध्यक्ष सइन्द्र राईलाई प्रकाशन र प्रसार विभागको जिम्मेवारी दिइएको छ ।
यसैगरी प्रदेश नं १ मा लीलाराज भट्टराई, २ नं मा लालबाबु शेख, ३ नंमा विश्वमणि सुवेदी, ४ नंमा गणेश पाण्डे, ५ नंमा सविन प्रियासन, ६ नंमा वीरबहादुर गिरी र ७ नंमा नरेन्द्र साउदलाई इन्चार्ज तोकिएको छ । महासचिव राजेश राई सङ्गठन विभाग तथा उपमहासचिव रामकुमार एलन र हिरामान लामालाई क्रमशः अभिलेख तथा माइन्युट र प्रशिक्षण विभाग प्रमुख तोकिएको छ ।
यसैगरी सचिव शुरोजङ्ग पाण्डे प्रतिष्ठान, भरत केसी संवैधानिक कानुन तथा संसदीय मामिला, अमृतनाथ तिमिल्सेना कार्यक्रम संयोजक, रामकृष्ण शर्मा अतिरिक्त क्रियाकलाप, देविका घर्ती मगर आदिवासी, भउचप्रसाद यादव मधेस र हेमकर्ण विकलाई कला तथा संस्कृति विभागको जिम्मेवारी तोकिएको छ । केन्द्रीय कमिटीको बैठक आगामी भदौ १४ र १५ गते वीरगन्जमा गर्ने निर्णय गरिएको अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment