काठमाडौँ, २४ साउन । नवनियुक्त महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले आज साँझ पदबहाली गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त महान्यायाधिवक्ता श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गरेलगत्तै उहाँले रामशाहपथस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको महान्यायाधिवक्ताको कार्यालयका सहायक सूचना अधिकारी टिकेन्द्र दाहालले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment