Tuesday, August 9, 2016

पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता

काठमाडौँ, २५ साउन । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताउनुभएको छ ।

रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिएको छ भन्नुभयो । पुँजीबजारमा लागेको मानिस लहलहैमा लाग्ने प्रवृत्ति र मनोविज्ञानको विकासले बजारमा कहिलेकाहीँ उतारचढाव आउने बताउनुभयो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नवनियुक्त अर्थमन्त्रीले आफूलाई आज भेटेर बजार प्रवद्र्धनमा सहयोग दिने आश्वासन दिनुभएको जानकारी दिँदै नेपालमा संस्थागत लगानीकर्ता नभएकाले पुँजी बजार स्थिर नभएको बताउनुभयो ।

ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले आफूहरुले लगानीकर्ताको भावनाअनुसार कारोबार गर्दै आएको दाबी गर्नुभयो ।

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष आत्माराम घिमिरेले शेयर बजार भनेको पुँजी बजार हो मुद्रा बजार होइन, पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts