Tuesday, August 9, 2016

सर्वोच्च बारद्वारा आतङ्ककारी हमलाको भत्र्सना

काठमाडौँ, २५ साउन । सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको आतङ्कवादी हमलाको घोरभत्र्सना गरेको छ ।

एसोसिएसनले आज एक विज्ञप्ति जारी गरी आतङ््ककारी समूहबाट भएको उक्त घटनामा त्यहाँका बार अध्यक्ष विलाल अन्वर कासीको हत्या र तत्पश्चात अस्पतामा गराइएको विष्फोटमा अन्य १८ जना कानुन व्यवसायीको हत्या भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आमजनतालाई न्याय प्रदान गर्ने र मानव अधिकारको संरक्षणको क्षेत्रमा कार्यरत अगुवा कानुन व्यवसायीलाई निशाना बनाई रचिएको उक्त घटना निन्दनीय भएको बारको ठहर छ ।

एसोसिएसनले घटनामा परी ज्यान गुमाउनुभएका बारका अध्यक्ष, कानुनव्यवसायी र अन्य सर्वसाधारणको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts