Saturday, August 20, 2016

सुकुम्बासी समस्या समाधान गर्न आवश्यक निर्णय गरिने : प्रम दाहाल

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरको सुकुम्बासी समस्या समाधान गर्न सरकारले आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल सुकुम्बासी सङ्घले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले बिनाविकल्प कुनैपनि सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न सरकारका सबै संयन्त्रलाई निर्देशन दिइसकेको बताउनुभएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमल्सेनाले जानकारी दिनुभयो ।

वर्षात्को समय भएकाले तत्कालै वैकल्पिक व्यवस्था गर्न समस्या हुने हुँदा सुकुम्बासी बस्तीमाथि कुनै प्रकारको भौतिक र मनोवैज्ञानिक हस्तक्षेप नगर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्रीले सुकुम्बासीको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समेत प्राथमिकता दिएको बताउनुभएको छ ।

सङ्घले सुकुम्बासीलाई भौगोलिक मापदण्डअनुसार जमिन वितरण गर्नुपर्ने, उच्चस्तरीय आयोगमार्फत सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने, भूकम्पपीडित सुकुम्बासीलाई सहजरुपमा राहत उपलब्ध गराउनुपर्ने, विकासका आधारभूत पूर्वाधारको व्यवस्था गर्नुपर्नेलगायतका माग प्रस्तुत गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts