Saturday, August 20, 2016

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

धनगढी, ४ भदौ । धनगढी उपमहानगरपालिकाको मनहेरास्थित मुक्त कमैया शिविरका एक व्यक्तिको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ ।

मदिराको नसामा घर नजिकको सडकमा गएराति सुतेका ४० वर्षीय सुधराम चौधरीलाई राति नै मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा आज अपराह्न पश्चिमतर्फ आउँदै गरेको ना ५ ख १०९४ नंको बसको ठक्करबाट सोही ठाउँकी ६० वर्षीया गङ्गादेवी जोशीको मृत्यु भएको छ ।

घटनापछि आक्रोशित स्थानीयवासीले सडक आवागमन अवरुद्ध पारेकामा साँझ सडक सञ्चालन भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts