काठमाडौँ, ४ भदौ । इलामस्थित इलाम बजारका मिर्गाैलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
इलाम हङकङ समाजले यहाँ आज आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।
समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताउनुभयो । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ हुुनुहुन्छ । उहाँका दुवै मिर्गौला खराब भएका छन् ।
चिकित्सकले दुवै मिर्गाैला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराउनुभयो । उहाँले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment