Friday, August 12, 2016

पोखराका ज्येष्ठ कलाकार श्रेष्ठको निधन

पोखरा, २८ साउन । पोखराका ज्येष्ठ कलाकार कृष्णप्रसाद श्रेष्ठको आज दिउँसो ९१ वर्षको उमेरमा निधन भएको छ ।

मुटु र मिर्गौलाको रोगबाट पीडित श्रेष्ठको मणिपाल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै निधन भएको कवि तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

१९८२ साल चैत १९ गते पोखराको भीमकाली पाटनमा जन्मनुभएका श्रेष्ठले १४÷१५ वर्ष अघिसम्म परम्परागत रुपमा चित्रकला बनाउने गर्नुहुन्थ्यो ।

नेपाल सरकारको राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कलाकार पुरस्कार र पोखरा उपमहानगरपालिकाको पोखरेली नवरत्न पुरस्कारबाट उहाँ सम्मानित हुनुभएको थियो ।

उहाँ पोखरेली युवा सांस्कृतिक परिवारको पूर्व अध्यक्ष तथा सिर्जनशील कलाकार समूहको आजीवन सदस्यसमेत रहनुभएको थियो । उहाँले भीमकाली पाटनमा रहेको संस्कृत माध्यमिक विद्यालयमा एक अक्षयकोष स्थापना गर्नुभएको र त्यसबाट विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिँदै आएको छ ।

स्व श्रेष्ठको शव भोलि बिहान उहाँको आफ्नै घर ल्याइने र घरबाट शवयात्रा सुरु गरी सेती नदीको किनार गाईघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts