Friday, August 12, 2016

ट्याक्सीमा आगो लाग्दा दुई घाइते

काठमाडौँ, २८ साउन । थानकोट सरस्वती स्थानमा बा१ज ५९३४ नंको ट्याक्सी स्टार्ट गर्ने क्रममा आज अचानक आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् ।

ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभञ्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी सोही ठाउँ बस्ने २७ वर्षीय सूर्यबहादुर तामाङ जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको र अवस्था बोल्नसक्ने रहेको छ । ट्याक्सीको अगाडिको भाग जलेर क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts