Tuesday, August 2, 2016

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

कञ्चनपुर, १८ साउन । श्रीमान्को कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गए राति मृत्यु भएको छ ।

घरायसी विवादमा ३८ वर्षीय श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले बताउनुभयो । चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts