काठमाडाँै १८ साउन । मुख्यसचिव डा सोमलाल सुवेदीले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ लाई प्रभावकारी कार्यान्वयन गर्न ऊर्जा सचिव सुमनप्रसाद शर्मालाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले मुख्यसचिव सुवेदीले कार्ययोजना प्रभावकारी कार्यन्वयन गरी ऊर्जा सङ्कट समाधान गर्न निर्देशन दिनुभएको हो ।
उर्जा सचिव, मन्त्रालयअन्तर्गतका निकायका पदाधिकारीहरु सम्मिलित बैठकले ऊर्जा सङ्कटलाई समाधान गर्न विभिन्न निर्णयसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्रीधर सापकोटाले जानकारी गराउनुभयो ।
बैठकले मन्त्रालयले विद्युत् आयात गर्न विभिन्न वैकल्पिक उपायसमेत अवलम्बनगरी सबस्टेसन, प्रशारण लाइनको निर्माण पुस १५ भित्र सम्पन्न गरी विद्युत् आयातको करिडोर विकास गर्न, कार्ययोजनामा उल्लेखित मूल्य अभिवृद्धि कर फिर्ता वापतको सहुलियत व्यवस्थालाई नियमानुसार कार्यन्वय गर्न निर्देशन गरेको छ ।
ऊर्जा सचिव शर्मालाई मुख्यसचिव सुवेदीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गरी ग्रिडमा आधारित सौर्य ऊर्जा उत्पादन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभएको छ ।
यसैगरी बैठकले वन तथा भू–संरक्षण मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउँदा जग्गावापत प्राप्त गर्ने रकम राजस्व दाखिला गरेमा सो रकम वन क्षेत्रको विकासका लागि उपलब्ध गराउने प्रस्तावित विषयमा अर्थ मन्त्रालयले सात दिनभित्र आवश्यक सहमति दिने पनि निर्णय गरेको छ ।
यसैगरी मुख्यसचिव सुवेदीले उपत्यकाको सहरीकरणलाई व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मुख्यसचिव सुवेदीले सहरी विकास मन्त्रालयका सचिव, उपत्यकाका महानगरपालिका, उपमहानगरिपालिका र नगरपालिकाका कार्यकारी प्रमुख तथा उपत्यका विकास प्राधिकरणका प्रमुखलाई बोलाई उपत्यकाको सहरीकरणलाई व्यवस्थित बनाउन निर्देशन दिनुभएको सचिव सापकोटाले जानकारी गराउनुभयो ।
यसैगरी मुख्यसचिव सुवेदीले संविधान कार्यान्वयन गर्न मातहतका निकायलाई पनि निर्देशन दिनुभएको छ । रासस
No related posts.
No comments:
Post a Comment