Friday, August 19, 2016

सञ्चार नीतिको सफल कार्यान्वयन हुनुपर्छ–अध्यक्ष विष्ट

नेपालगन्ज, ३ भदौ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आम सञ्चार नीति २०७३ को सफल कार्यान्वयन सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

महासङ्घद्वारा आज यहाँ आयोजित ज्येष्ठ पत्रकार सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुकको सबैखाले सञ्चार संस्थालाई व्यवस्थित र मर्यादित बनाउन सञ्चार नीतिको कार्यान्वयन पहिलो शर्त हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुक र जनताभन्दा माथि पत्रकार र सञ्चार संस्था हुन नसक्ने स्पष्ट पार्दै अध्यक्ष विष्टले सञ्चार नीतिभित्र अटाउन आनाकानी गर्ने सञ्चारका निकायलाई कारबाहीको दायरामा ल्याउन सरकार कठोर बन्न सक्नुपर्ने सुझाव दिनुभयो ।

त्यस अवसरमा महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय लेखा समिति संयोजक दीपक पाण्डे, पूर्व जिल्ला अध्यक्ष नीरज गौतम र हेमन्त कर्माचार्यले पत्रकारितालाई मर्यादित बनाउन महासङ्घले ठोस योजना अघि सार्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बाँके जिल्लाका ज्येष्ठ पत्रकार पन्नालाल गुप्ता, रामगोपाल वैश्य, वासुदेव श्रेष्ठ र गणेश जिसीलाई जनही रु १२ हजार नगदसहित ज्येष्ठ पत्रकार सम्मान प्रदान गरिएको थियो भने भूकम्पमा परी दिवङ्गत हुनुभएका सञ्चार उद्यमी स्व अच्युत प्रसाईंकी धर्मपत्नी मालती शर्मा सुवेदीलाई रु ५० हजार सहयोग उपलब्ध गराइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts