Thursday, August 18, 2016

आजदेखि दिल्लीमा गृहमन्त्री उच्चस्तरीय भेटवार्ता

काठमाडौ, ३ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा दिल्ली पुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजदेखि भेटवार्ता गर्दै हुनुहुन्छ ।
हिजो साँझ दिल्ली पुग्नु भएका मन्त्री निधिले आज भारतका राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी राजनाथ सिंह र विदेशमन्त्री शुष्मा स्वराजसँग भेटगर्ने कार्यक्रम रहेको छ । भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डा, सरकार परिवर्तन, मधेसका माग सम्वोधन, नेपाल–भारतबीचमा भएको सम्झौताका विषयमा कुराकानी हुनेछ ।  गृहमन्त्री राजनाथ सिंहसँग सीमा सुरक्षा र दुईदेशको सुरक्षा रणनीतिका विषयमा छलफल हुनेछ ।
परराष्ट्रमन्त्री स्वराजसँग यसअघि भएका सम्झौताको कार्यान्वयनका विषयमा छलफल हुनेछ । उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री सिंहसँग दिउँसो १ देखि ३ बजेसम्म भेटवार्ता गर्ने तय भएको छ । भेटमा नेपाल–भारत सुरक्षा मामिलाका विषयमा छलफल हुनेछ ।
आजै राष्ट्रपति मुखर्जीलाई भेटेर नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी दिनुभएको नेपाल भ्रमणको निम्तोपत्र दिनुहुनेछ ।  संविधान जारी भएको दिन ३ असोजमा  आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको छ । प्रधानमन्त्री नेन्द्र मोदीलाई भने भोलि भेट्ने तय भएको छ । भोलि बिहान ११ बजे भेट्ने तय भएको भारतीय दुतावासले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts