Wednesday, August 10, 2016

रेडपान्डाको छालासहित चार पक्राउ

काठमाडौँ, २६ साउन । प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई आज बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले उदयपुर बलम्ता–८ का सुशील राई, बाग्लुङ भिमगिठी गाविस––१ का मुस्कान थापा, खोटाङ दुवेकोल–८ का २६ वर्षीय जीवन गुरुङ र मकवानपुर सरिखेतपलासे–५ का लालबहादुर थिङलाई नौ थान रेडपान्डाको छालासहित जीवन गुरुङको बुढानिलकण्ठको कोठाबाट पक्राउ गरेको हो ।

उक्त छाला तीन÷चार दिन अगाडिदेखि जीवनको कोठामा राखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनीहरू उक्त छाला करिब रु ५० लाखमा बिक्री गर्ने योजना बनाइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको अभियुक्तलाई छालासहित आजै जिल्ला वन कार्यालय काठमाडौँं पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts