Wednesday, August 10, 2016

कवाडी सङ्कलन गर्ने व्यक्ति मृत भेटिए

तनहुँ, २७ साउन । कवाडी सङ्कलन गर्दै हिँड्ने एक व्यक्ति बुधबार राति तनहुँको डुम्रे बजारमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मृत्यु हुनेमा गोरखा जिल्ला पन्द्रुङ देउराली बस्ने वर्ष ४५ का सीताराम परियार रहेका छन् ।

जिल्लाको बन्दीपुर नगरपालिका–१ डुम्रे बजारमा परियार मृत भेटिएपछि मृतकको शव राति नै दमौली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

मृतकको शरीरमा कुनै पनि चोट लागेको नदेखिए पनि मृत्युको कारणबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म मृतकका नातेदार कोही पनि सम्पर्कमा समेत नआएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts