काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपाल अध्यक्ष कमल थापाले आफ्नो पार्टीसँगको एकताको अध्याय समाप्त भएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले निकाल्नुभएको विज्ञप्तिमा राप्रपा नेपालका अध्यक्ष थापाले आज दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
विज्ञप्तिमा गिरीले राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टी एकताप्रति प्रतिबद्ध र कटिबद्ध रहेको स्पष्ट धारणा सार्वजनिक गरिसकेको जनाउँदै राप्रपा अन्तरिम विधानको अन्तरवस्तुमा सहमति गर्दै राप्रपा नेपालसँग एकता गर्न सधैँ खुला र उदार भएको उल्लेख गर्नुभएको छ । रासस
No comments:
Post a Comment