Tuesday, August 9, 2016

बेपत्ता विद्यार्थी मृत फेला

ताप्लेजुङ, २५ साउन । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् ।

स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला तर्दै गर्दा बगेकी थिइन् ।

बेपत्ता अनिताको शव दिउँसो २ बजे बगेको स्थानदेखि करिब दुईसय मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts