Wednesday, August 10, 2016

ट्र्याक्टरले किचेर बालकको मृत्यु

उर्लाबारी (मोरङ), २७ साउन । मोरङको दादरबैरिया–८ मा बुधबार ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

आफ्नै घर अगाडि पार्किङ गरेको को १ त ४०४७ नंको ट्र्याक्टरले किचेर चन्द्रनारायण रायका १२ वर्षीय छोरा नीरजकुमार रायको मृत्यु भएको हो ।

ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगर लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

घरको आँगनमा रोकिराखेको ट्र्याक्टरमा खेल्ने क्रममा अचानक सो ट्र्याक्टर गुडेपछि ओर्लन खोज्दा रायलाई किचेको थियो ।

नवजात शिशुको मृत्यु

यसैबीच, मोरङको विराटनगर–७ सरौचियामा बुधबार बेवारिसे अवस्थामा फेला परेको एक नवजात शिशुको मृत्यु भएको छ ।

नहरको डिलमा अचेत अवस्थामा जन्मनेबित्तिकै फालेको शिशु (छोरी) लाई स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तत्कालै शिशुलाई कोसी अञ्चल अस्पतालमा लगेर भर्ना गरेको केही बेरमै शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

अवैध सम्बन्धबाट जन्मिएपछि शिशुलाई कसैले जिउँदै फालेको प्रहरीको भनाइ छ । शिशु कसले र किन फालेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts