Monday, August 22, 2016

अनुसन्धान अधिकृतलाई प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौँ, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृतलाई रु १० लाख घुस दिई प्रभावमा पार्न खोजेको अभियोगमा दुई जनालाई आज पक्राउ गरेको छ ।

आयोगले बन्द अवस्थामा रहेको बुद्ध एकेडेमी आवासीय मावि जोरपाटीका सम्बन्धमा परेको मुद्दा कमजोर र निष्प्रभावी बनाउन आयोगका अनुसन्धान अधिकृतलाई नै प्रलोभन पारेको पाइएकाले पक्राउ गरिएको हो । आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङवाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध सङ्घका अध्यक्ष सोनामछिरिङ शेर्पालाई शेर्पा मल दरबारमार्गबाट रु १० लाख घुससहित पक्राउ गरिएको जनाएको छ । सो प्रकरणमा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी भने फरार रहेकाले खोजी जारी रहेको छ ।

यसैगरी आयोगले आजै सशस्त्र प्रहरी बल नौबस्ता बाँकेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गोपाल मिश्र लगायत तीन जनाले नक्कली बिल भर्पाई बनाई रु एक करोड ६६ लाख भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरीका लागि अत्यावश्यक सामान खरिद गर्ने क्रममा गोप्य रुपले खरिद बोर्ड गठन गरी स्काई वेब इन्टरनेसनल, वर्षा इन्टरनेसनल र जेजे टे«डिङ एन्ड इन्टरप्राइजेजसँग मिली सार्वजनिक खरिद ऐनको बर्खिलाफ हुने गरी काम गरेको पाइएको आयोगले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक चित्रबहादुर केसी, प्रहरी हवल्दार नैनबहादुर ओलीलगायत सामान आपूर्तिकर्ता तीन वटै संस्थाविरुद्ध मुद्दा दायर गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts