Saturday, August 20, 2016

वातावरणीय प्रदूषण कम गर्न साइकल -याली

काठमाडौँ, ४ भदौ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उपत्यकालाई ग्रिन सिटी (हरित सहर) बनाउनुका साथै समग्र वातावरणीय संरक्षण गर्ने उद्देश्यले साइकल ¥यालीको आयोजना गरिएको छ ।

‘प्रदूषण न्यूनीकरणका लागि साइकल’ भन्ने मूलनाराका साथ आज आयोजना गरिएको ¥याली भृकुटीमण्डपबाट सुरु भई अनामनगर, नयाँ बानेश्वर, गौशाला, रातोपुल, ज्ञानेश्वर, पुलतीसडक हुँदै पुनः भृकुटीमण्डपमै आएर टुङ्गिएको थियो ।

साइकल सिटी नेटवर्क नेपाल र शान्तिका लागि साझा अभियान (कोक्याप)ले संयुक्तरूपमा आयोजना गरेको विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्नुभएको ¥यालीमा करिब १४० जना युवाको सहभागिता थियो ।

साइकल चढ्दा वातावरण प्रदूषण कम हुन्छ भन्ने सन्देश दिनका लागि पनि साइकल ¥यालीको आयोजना गरिएको (कोक्याप)का अध्यक्ष रेम विकको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts