Saturday, August 20, 2016

‘साहित्य सन्ध्या पुरस्कार’ महर्षिलाई

काठमाडौँ, ४ भदौ । साहित्य सन्ध्याले २०७२ सालको ‘साहित्य सन्ध्या पुरस्कार’ कवि कणाद महर्षि र “साहित्य सन्ध्या–मन पुरस्कार’ डा काशीराज सुवेदीलाई प्रदान गरेको छ ।

यहाँ आज आयोजित समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले ती पुरस्कार प्रदान गर्दै प्रगतीशील साहित्यको क्षेत्रमा उहाँहरूले पु¥याएको योगदानको साहित्य सन्ध्याले मूल्याङ्कन गरेको छ भन्नुभयो ।

अध्यक्ष विजुक्छेले साहित्यिक क्षेत्रले राजनीतिक क्षेत्रको विकृति र विसङ्गतिलाई उजागर गर्दै राष्ट्रिय स्वाधीनताका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । दुवै पुरस्कारको राशि रु १० हजार रहेको छ ।

‘साहित्यिक सन्ध्या–मन पुरस्कार’ डा मदनप्रसाद र नर्मदेश्वरी सत्यालको आर्थिक सहयोगमा स्थापित भएको हो भने ‘साहित्य सन्ध्या पुरस्कार’ विसं २०४३ देखि सञ्चालित छ ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व संस्कृति मन्त्री प्रदीप ज्ञवाली, पूर्व पशुपक्षी विकास मन्त्री शान्ता मानवी र सन्ध्याका अध्यक्ष राम विनयलगायतले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सो संस्थाको योगदानको चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts