Monday, August 29, 2016

संविधान कार्यान्वयन सरकारको मुख्य काम : मन्त्री भण्डारी

ललितपुर, १३ भदौ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सरकारको मुख्य काम संविधान कार्यान्वयन गर्नु रहेको बताउनुभएको छ ।

नेपाल तरुण दल ललितपुर जिल्लाको चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले तराई–मधेसले उठाउँदै आएका मागलाई सम्बोधन गरिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले संविधान कार्यान्वयनसँगै देश विकास र समृद्धि नेपाली काँग्रेसको जिम्मेवारी हो भन्दै पार्टीले लिएको लक्ष्य र उद्देश्य प्राप्तिका लागि तरुण दलको महत्वपूर्ण भूमिका रहेकोे बताउनुभयो ।

तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सकेमा निकट भविष्यमै हुने स्थानीय तहको निर्वाचनमा सकारात्मक नतिजा ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले पछिल्लो समयमा तरुण दलको सक्रियता बढेको बताउँदै तरुण दलको नेतृत्व चयनका लागि हुने निर्वाचनले ल्याउने जुनसुकै परिणामलाई हामी सबैले स्वीकार गर्नु पर्दछ, यो नै प्रजातान्त्रिक अभ्यास हो भन्नुभयो ।

काँग्रेस जिल्ला सभापति एवम् सांसद मदनबहादुर अमात्यले स्थानीय निकायको निर्वाचन पार्टीका लागि जीवन मरणको सवाल भएकाले यसतर्फ गम्भीर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

काँग्रेस सांसद चन्द्र महर्जनले तरुण दल पार्टीका लागि बिनाबर्दीका सिपाही भएको उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts