लहान, २६ साउन । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक राईले पवित्र विचारकासाथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न सकिएमात्र सशस्त्र प्रहरीप्रति जनताको विश्वास बढ्ने बताउनुभयो ।
उहाँले सरकारले दिएको सीमा सुरक्षालगायतका १३ वटा जिम्मेवारीलाई सशस्त्र प्रहरीले पूरा गर्नुपर्ने बताउनुभयो ।
जिल्ला सदरमुकामभन्दा पाँच किमी पूर्व–पश्चिम हुलाकी सडकस्थित सन्हैठा गाविस–१ मा रु तीन करोड एक लाख ५० हजारको लागतमा भवनको निर्माण सम्पन्न गरिएको हो । नवनिर्मित भवनमा कार्यालय, क्वार्टर गार्ड, चार वटा ब्यारेक, शौचालयको निर्माण तथा खानेपानीको व्यवस्था भएको सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरले बताउनुभयो । दुई बिगाहा छ कट्ठा पाँच धुर ऐलानी जग्गामा सीमा सुरक्षा कार्यालयको भवन निर्माण भएको हो । रासस
No comments:
Post a Comment