Wednesday, August 10, 2016

भालुको पित्तसहित भारतीय पक्राउ

बैतडी, २६ साउन । भालुको पित्तसहित दार्चुलामा आज दिउँसो एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पिथौरागढ ग्राम दरठाना धारचुलाका चन्द्रसिंह दरियाल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

दरियाललाई दार्चुलाको अपि नगरपालिका–११ पुलघाटस्थित जाँच चौकीमा जाँचका क्रममा दिउँसो ३४.७० ग्राम अवैध भालुको पित्तसहित पक्राउ गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts