टर्की, २० साउन । टर्कीको सरकारी अनादोलु न्युज एजेन्सीले अमेरिकामा स्वघोषित निर्वासनमा रहनु भएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको छ ।
टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ गर्न बिहीबार आदेश दिएको अनादोलुले बताएको छ ।
अदालतले गुलेनलाई जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक विद्रोहका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लगाउँदै सो आदेश दिएको बताइएको छ ।
सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्नता रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनहरुले उक्त असफल ‘कू’ प्रयासमा आफूहरुको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् ।
गुलेन र उहाँका समर्थकले आफूहरु शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । रासस÷एएफपी
No comments:
Post a Comment