काठमाडौँ, २० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कीर्तिपुरस्थित चम्पादेवीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतीमामा माल्यार्पण गर्नुभयो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी चम्पादेवी पुग्नुभएको थियो ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले पुष्पलालको सम्झनामा पुष्पगुच्छा अर्पण गर्दै आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो ।
त्यसअवसरमा पूर्वप्रधानमन्त्री नेपालले प्रतिष्ठानको गतिविधिबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउँदै पुष्पलालको पुख्र्यौली घर रामेछापको भँगेरीमा उद्यान, स्तम्भ र सङ्ग्रहालय बनाउने सोच रहेको बताउनुभएको थियो ।
उक्त कार्यका लागि केही जग्गाको व्यवस्था गर्नुपर्ने र प्रारम्भिक चरणमा रु ५० लाख खर्च हुने भएकाले सो निर्माणका लागि प्रधानमन्त्रीले आवश्यक पहल गर्ने वचन दिनुभएको नेता नेपालले राससलाई जानकारी दिनुभयो ।
नेकपा (एमाले)का नेता नेपालले पुष्पलालको सोच काँग्रेस कम्युनिष्टसँग मिलेर अघि बढ्नुपर्छ भन्ने रहेको र त्यो अहिलेको प्रक्रियाले साकार भएको बताउनुभएको थियो । रासस
No comments:
Post a Comment